७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ


न्युज अफ नेपाल, अछाम ।

अछाममा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।बलात्कारको आरोपमा पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीय नरेन्द्र दमाई रहेको अछाम प्रहरीले जनाएको छ ।

पिडीत वृद्धाले आफुलाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा नरेन्द्रलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दीएको छ ।

उनीमाथी करणी सम्बन्धि कसुर मुद्दा चलाएर अनुसन्धान अघी बढाईएको छ । अनुसन्धानका लागि जिल्ला अदालत अछामबाट म्याद थप समेत भएको प्रहरीले जनाएको छ ।

केही दीनअघि मात्र अछाममा बलात्कार सम्बन्धीकै घटनामा दुई जना पक्राउ गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।