पौडी खेल्दा युवक वेपत्ता


न्युज अफ नेपाल, काभ्रे ।

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनभोज खान खाएका युवकको काभ्रेको भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित सुनकोशी नदिमा डुबेर वेपत्ता भएका हुन् ।

कार्तिक १५ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका सुन्दरीजल नयाँपाटी घर भएका १८ वर्षे मिलन घले पौडी खेल्ने क्रममा डुबी वेपत्ता भएका हुन् । युवक वेपत्ता भए लगत्तै प्रहरीले खोजी कार्य शुरु गरेको थियो । तर पनि युवकको फेला परेका छैनन ।