ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, २३ घाईते


न्युज अफ नेपाल, दाङ ।

दाङमा वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा गढवा गाउँपाकिला ६ मनिकापुरकी ११ बर्षीया निनु पुन, १२ बर्षीया सिमा परियार र १२ बर्षीयाा सुनिता पुनमगर रहनुभएको छ ।

दुर्घटनामा परेर २३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । जसमध्ये चार जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको उहाँले उहाँले जानकारी दिनुभयो ।

घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ । गढवा गाउँपालिका वडा नं ६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए ।

सोही ठाउँमा दुर्घटना भएको हो । रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टँदा दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक ट्याक्टर दुर्घटनामा परेको हो ।