सामाजिक विकृति नियन्त्रणमा कालिकोट प्रहरी सफल


कालीबहादुर मल्ल, कालीकोट ।

जिल्लामा प्रहरी सबै खाले अपराध तथा सामाजिक विकृति नियन्त्रणमा प्रहरी अभियानमा सफल भएको छ । कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलिया जिल्लामा आएको छोटो अवधिमै सामाजिक विकृति तथा अपराध नियन्त्रणमा उल्लेख्य सफलता हासिल गर्नु भएको हो ।

जिल्ला सदरमुकाम लगाएत विभिनिन ठाउमा अवैधरुपमा उत्पादन हुने घरेलु मदिरा सेवनले सामाजिक अपराध वड्न थालेपछि जिल्ला प्रहरी कार्यालय कालीकोटले घरेलु मदिरा नियन्त्रणको अभियानलाई तिव्रत दिएको छ ।

प्रहरीले जिल्ला सदरमुकाम मान्म, मोल्फा,लगाएत अन्य बजारवाट हालसम्म जम्मा ९ हजार लिटर मदिरा वरामत नष्ट गरिएको जिलला प्रहरी कार्यालय कालिकोटका प्रमुख डियसपी ओलियाले जनाकारी गराउनु भएको छ ।

दुइ महिनाको अवधिमा ३१ जना जुवाडे,गुण्डागर्दी,बलात्कार,घरलु हिंसा लगाएतका अपराधमा १८ मुद्दामा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही चलाएको छ । कालिकोट प्रहरीले पहिलो पटक जुवाडेविरुद्ध मुलुकी अपराध सहिंता २०७४ अन्तरगर्तको परिच्छेद ५ को धारा १ सय २५ वमोजिम मुद्धा दर्ता गराइ कार्वाही प्रक्रिया अगाडी वढाएको छ ।

बषौदेखि जुवा तास चलिरहने जिल्लाकोे खाँडाचक्र नगरपालिका–२ जितेवजारबाट प्रहरीले १२ जना जुहाडे सहित १ लाख १७ हजार तीन सय ५४ रुपैया वरामत भएका थियाो । साथै सोही एरियावाट १० जना जुहाडे सहित ८५ हजार ६ सय ८० रुपैया पुनः वरामत गरेको प्रहरी निरिक्षक एवम सूचना अधिकारी यक्षराज जोशीले वताउनुभयो ।

अवैध घरेलु मदिरा सस्तोमा पाइने भएकाले जसले पनि प्रयोग गर्ने र मदिराकै कारणले घरेलु हिन्सा, महिला हिन्साका साथै झै झगडाका घटना घट्ने भएकाले गाउँ स्तर सम्म नियन्त्रण गर्ने प्रहरीले कार्ययोजना वनाएर अभियान चलाएको छ ।

राजमार्गमा रारा जाने पर्यटकको चहलपलक वढेसंगै मदिरा सेवन गर्नेहरुले तर्साउन थालेपछि त्यसलाई वढि केन्द्रीत गरी मदिरा नियन्त्रणको अभियानलाई जोड दिएको र सादा पोसाकका प्रहरी पनि परिचान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले वताउनुभयो ।

प्रहरीले मातहतमा रहेका प्रहरी युनिटहरुलाई पनि मदिरा, वालविवाह र घरेलु हिन्साका घटनामा वढि केन्द्रीत हुन निर्देशन गरिएको छ । यस भन्दा अगाडी जिल्लामा एक बृह्त कार्यक्रमको आयोजना गदै सबै खाले हिंसा,सामाजिक विकृति,अपराधका बिरुद्धको अभियान जिल्लाब्यापी वनाउने प्रहरीले घोषणा गरेको थियो ।