युवतीमाथि एसिड प्रहार गरी फरार रहेका भारतीय नागरिक पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

बीस वर्षीय युवतिमाथि तेजाब प्रहार गरी फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज अमपूर्वन वडा न. ६ बस्ने राज भन्ने दिलिप राज केशरी रहेको प्रहरीले जनाएको छ ।

केशरीले २०७० सालमा हेटौँडा उप महानगरपालिका. ३ बस्ने २० वर्षीय विन्दवासिनि कंसाकारमाथि एसिड प्रहार गरेका थिए । तेजाब छ्यापी फरार रहेका केशीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी बारा अन्तर्गत प्रहरी नायव निरीक्षक सागर शम्शेर जबरासहितको विषेश प्रहरी टोलीले निजलाई बारा जितपुर- सिमरा उपमा वडा. न .२३ भालेहिमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी एन ज्यान सम्बन्धि महलको १५ अनुसार ५ देखि १२ वर्षसम्म कैद सजाय हुने प्रहरीले जनाएको छ ।