महराविरुद्ध थुनछेक बहस सुरु


न्युज अफ नेपाल, काठमाडौँ ।

यौन हिंसाको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बबरमहलस्थित जिल्ला अदालतमा महराको बयान सुरु भएको छ ।

महराले न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष बयान दिनेछन् । इजलासमा महराका आफन्त र वकिलबाहेक अन्यलाई भने प्रवेश निषेध गरिएको छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराबाट आफू यौन हिंसामा परेको आरोप लगाएपछि महरालाई गत असोज १९ गते पक्राउ गरिएको थियो