मकवानपुरमा बस दुर्घटना, २१ जना घाइते

0
Shares

हेटौँडा । मकवानपुर जिल्लाको हेटौँडा–१५ रातोमाटेमा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई भने पहरीले नियन्त्रणमा लिएको छ ।