कोरिया टेलिकमको सहयोगमा अत्याधुनिक रेस्क्यु सेन्टर स्थापना

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

कोरिया टेलिकमको आर्थिक र प्राबिधिक सहयोगमा कास्कीको अन्नपूर्ण गाऊँपालिका वड़ा नं ११ माछापुछ्रे बेस क्याम्पमा अन्नपूर्ण रेस्क्यु सेन्टरको स्थापना भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले विहिवार रेस्क्यू सेण्टरको उद्घाटन गरेका छन्  । उद्घाटनका क्रममा मुख्यमन्त्री गुरुङले रेस्क्यु सेन्टर स्थापना भएपछि पदयात्री एवं हिमाल आरोहीहरूको सुरक्षा तथा उद्धारमा सहज हुने बिश्वास व्यक्त गरे।

सरकारको तथ्याङ्क अनुसार विपत्तिमा परेर वर्षेनी सयौ पर्यटक र आरोहीले ज्यान गुमाउदै आएका थिए। सेन्टर सञ्चालनमा आएपछि यो संख्यामा कमी आउने छ।

तस्वीर : टंक अधिकारी