गुल्मी जीप दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

0
Shares

तम्घास । गुल्मीमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै थियो, तर ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा पर्‍यो । दुर्घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया विक, २६ वर्षीय विष्णु विक र चालक ३० वर्षीय ज्ञानबहादुर विक रहेका छन् ।घाइतेहरु सबैलाई उपचारका लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।