न्युज अफ नेपाल, काठमाडौं ।
सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा आज दिउँसो २ काठमाडौं आउँदै छन् । उनी लुक्ला बिमानस्थलबाट सीधै काठमाडौंस्थित त्रिभुवन बिमानस्थल आइपुग्ने बताईएको छ । नेपाल पर्वतारोहण संघ र नेपाल पर्यटन बोर्डले उनलाई स्वागत तथा सम्मान गर्ने भएका छन् ।
३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८:५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।
यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।
्आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ भने नेपालमै पर्दछन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।
मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पुर्जाको प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल भएका छन् ।
आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए । मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन् ।
हिमाल आरोहणको पूर्ण बिवरण
अन्नपूर्ण, नेपाल, २३ अप्रिल
धौलागिरी, नेपाल, १२ मे
कञ्चनजंघा, नेपाल, १५ मे
सगरमाथा, नेपाल, २० मे
लोत्से, नेपाल, २२ मे
मकालु, नेपाल, २४ मे
नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई
गशरब्रुम १, पाकिस्तान, १५ जुलाई
गशरब्रुम २, पाकिस्तान, १८ जुलाई
केटू, पाकिस्तान, २४ जुलाई
ब्रोड पिक, २६ जुलाई
चो ओयू, चीन, २३ सेप्टेम्बर
मनास्लु, नेपाल, २७ सेप्टेम्बर
शिशापाङ्मा, चीन, २९ अक्टोबर











प्रतिक्रिया