सप्तरी। भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन्त्रणमा लिएको हो ।
भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक वर्ष छ महीना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो ।
प्रतिक्रिया