‘जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ’

0
Shares

कास्की ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माछापुच्छ«े गाउँपालिका वडा कमिटी १ र २ ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकार चुनावी प्रतिबद्धता पूरा गर्ने गरी काम गर्र्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

“कानून निर्माणमा ध्यान दिँदा विकास निर्माण लगायतका कतिपय काममा ढिलाइ भएको हुनसक्छ । अब सरकारले जनचाहना पूरा गर्ने गरी काम गर्छ”, मन्त्री विश्वकर्माले भन्नुभयो । वर्तमान सरकारको पालामा छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपाल र चीन बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्नुभयो ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०लाई भव्यताका साथ सम्पन्न गर्न सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको भन्दै मन्त्री विश्वकर्माले समयमै पूर्वाधार निर्माण गरी प्रतियोगिता गर्व गर्न लायक बनाइने बताउनुभयो । सो अवसरमा उहाँले माछापुच्छ«े गाउँपालिका–१ र २ को मुख्य बाटो स्तरोन्नति तथा शुक्ला गण्डकी माविमा प्राविधिक शिक्षालय स्थापनाका लागि आफ्नो तर्फबाट पहल गर्ने उल्लेख गर्नुभयो ।

नेकपा कास्कीका नेता दामोदर बैरागीले सरकारले गरेका कामका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले पार्टीको स्थानीय कमिटी गठनसँगै सहकार्य गरी अघि बढ्ने स्पष्ट पार्नुभयो । रासस