रोल्पाका शनी विश्वकर्मा बने ‘नेपाल लोक स्टार’ को विजेता


न्युज अफ नेपाल, काठमाडौं ।

रोल्पाका शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन् । शुक्रबार भएको फाइनलमा शनीसहित रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे छनौट भएका थिए । फाइनलमा पुगेका उनीहरुलाई पछाडि पार्दै शनीले लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता बन्न सफल भएका हुन् ।

लोक स्टारको विजेता भएसँगै शनीले ५० लाख नगद पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि प्राप्त गरेका छन् ।

प्रदर्शनीमार्गस्थित भुकुटीमण्डपमा भएको ग्रान्ड फिनालेमा फष्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फष्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।

यस्तै, लिट्मस इलेक्टीफाइन पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेका छन् जस अनुसार उनले नगद दुई लाख जितेका छन् ।