डा. केसीले १८ गतेदेखि अनसन थाल्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

डा. गोविन्द केसीले कार्तिक १८ गतेदेखि पुनः अनसन थाल्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका माग राखेर सरकारलाई अल्टिमेटम दिएको समय सकिएसँगै केसीले फेरि अनसन थाल्ने भएका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा नभए कात्तिक १८ गतेदेखि सत्यागह्रमा बस्ने केसीले जनाएका छन् । उनले विज्ञप्ती मार्फत मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न माग गरेका छन् ।

कात्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरेको कुरामा केसीले घोर भत्सर्ना गरेका छन्।

उनले विद्यार्थीमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले तमासा हेरेर बसेको भन्दै अपराधीसँग प्रहरी प्रशासनको साँठगाँठ भएको आरोप लगाएका छन् ।