राजापुर हत्याकाण्डका आरोपी आलमलाई ८ दिनको म्याद थप


सञ्जय कार्की ,रौतहट ।

हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत गौरले ८ दिनको म्याद थप गरेको छ । अनुसन्धानको लागि प्रहरीले १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत गौरका न्यायधिश केशवराज पाण्डेको इजलासले आज ८ दिनको म्याद दिएको हो ।

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राती निलम्बित सासंद आलमका काका शेख इद्रिसको घरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको किटानी जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोप आलम माथि रहेको छ । प्रहरीले आलमलाई असोज २६ गते चन्द्रनिगाहपुर–गौर सडक खण्डमा पर्ने इद्रिश गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो । यो समेत तीन पटक आलम लाई म्याद थप गरेको हो ।

यसैबीच आलम पक्राउको बिरोधमा रौतहटको सदरमुकाम गौरमा नेपाली काँग्रस जिल्ला समितिले मौन जुलुस प्रदर्शन गरेको छ । जुलुसमा उल्लेख्य कार्यकर्ताको सहभागिता रहेको छ । निष्पक्ष छानबिन गर, निर्दोष आलम लाई रिहा गर जस्ता ब्यानर सहितको आलमको समर्थकहरु जिल्ला अदालत बाहिर हुदै नगरपालिकाको कार्यालय हुदै मौन जुलुस निकालेको हो ।