सामाजिक सुरक्षा योजनामा ८ हजार ८ सय रोजगारदाता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म ८ हजार ८१८ रोजगारदाता र १ लाख ९ सय ६८ जना योगदानकर्ताको सूचीकृत भएका छन्।

असोज मसान्तसम्म रहेको सूचीकृत हुने अवधिमा सूचीकृत योगदानकर्ताबाट ७ करोड ६५ लाख रुपियाँभन्दा बढी योगदान रकम संकलन भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार योजनामा सूचीकृत हुने अवधि फेरि थप गर्ने गृहकार्य भइरहेको छ। योजना कार्यान्वयनसमेत भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेको क्लोजर सिस्टम्स इन्टरनेसनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता सामाजिक सुरक्षा नम्बर २०७६०००३०५१ का इन्जनियर रुपेन्द्र थापा, योगदानकर्ता कैरोश क्याफे प्रालिमा कार्यरत सामाजिक सुरक्षा नम्बर २०७६०००१३७९५ का प्रकाश तामाङ मोक्तानको सडक दुर्घटनामा निधन भएपछि निजका आश्रित परिवारले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ट २५ हजारको दरले, मासिक निवृत्तभरण क्रमशः १७ हजार १०० र १० हजार २०० (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) र निजहरूले जम्मा गरेको योगदान रकममध्ये बृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित रकम तथा प्रतिफल समेत जोडि हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढीसकेको छ।