एनसेलको तिहार अफर फोरजी डेटा बोनस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

एनसेल प्रालिले तिहार र छठ पर्वको अवसार पारी फोरजीमा डेटा बोनस योजना ल्याएको छ। यस अन्र्तगत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन्।यो अफर बिहीबारबाट लागू भई १५ दिनसम्मका लागि सञ्चालनमा रहने छ।

यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन्। कर बाहेक रु. १५ (कर सहित रु. १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन्।

यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन्। त्यसैगरी कर बाहेक रु. ७५ (करसहित रु. ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन्। यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन्।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन्। यसको लागि रु. १ शुल्क लाग्छ।

यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन्। यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन्।