सिद्धार्थ बैंकको बोनस पारित


नेपाल समाचारपत्र, काठमाडौं।

सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाखको १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख रुपियाँ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।

असोज मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने ११३ अर्ब कर्जा लगानी गरेको छ। बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८६ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ सेवा प्रदान गर्दै आएको छ।