महाराष्ट्र र हरियाणा राज्य विधानसभा चुनाव नतिजा

0
Shares

नयाँदिल्ली, (एजेन्स)।

भारतको महाराष्ट्र र हरियाणा राज्यमा भएको विधानसभा चुनावमा विपक्षी कांग्रेसको स्थितिमा सुधार देखिए पनि सरकार बनाउन हैसियत बनाउन सकेको छैन। महाराष्ट्र विधानसभाकोे कुल २ सय ८८ सिटमा भारतीय जनता पार्टी र उसका सहयोगीलाई १ सय ५९ सिटमा अग्रता तथा जित हासिल गरेको छ।

यसमा भाजपाको पक्षमा मात्रै १ सय २ सिट रहेको छ भने त्यहाँको प्रभावशाली दल शिव सेनासँग ५६ सिट रेहको नतिजाले देखाएको छ।त्यसै गरी कांग्रेस र सहयोगी दलले आफ्नो पहिलाको सिट संख्याबाट बढाउँदै १ सय ५ सिटमा जित तथा अग्रता हासिल गरेको छ।

त्यसै गरी अन्य दलको पोल्टामा २४ सिट परेको छ। महाराष्ट्रमा भाजपा गठबन्धनको सिट संख्यामा खस्केको भए पनि ऊसँग सरकार बनाउन आवश्यक सहज बहुमत छ।त्यसै गरी हरियाणा चुनाव नतिजामा भाजपा गठबन्धनले धेरै सिट हासिल गरेको भए पनि बहुमत गुमाएको छ।

विधानसभाको कुल ९० सिटमा भाजपाले ४० सिटमा जिट हासिल गरेको छ भने कांग्रेसले ३१ सिट हासिल गरेको छ।हरियाणामा जजेपीले १० सिट हासिल गरेको छ। त्यसै गरी अन्य दलले १० सिटमा जित हासिल गरेका छन्। हरियाणाको नतिजाले यहाँ कांग्रेसको गठबन्धनमा सरकार बन्न सक्ने संकेट दिएको छ।