रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

0
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक रहेका प्रहरीले जनाएको छ ।

चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे१त ५१०७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बेलुकी साढे ७ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

घटनास्थलमै मृत फेला परेका दुवै जनाको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।