पूर्वप्रहरी महानिरीक्षक सिंहको निधन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक हेम बहादुर सिंहको निधनले भएको छ । अठासी बर्षिय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। फोक्सोमा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

उहाँ बि.सं. २०४३ देखि बि.सं. २०४७ सम्म प्रहरी महानिरिक्षकको पदमा रही नेतृत्व सम्हाल्नु भएको थियो ।उहाँ देशको जटिल राजनीतिक परिस्थितिमा पनि सदैव उच्च कर्तव्य सम्पादन क्षमता र व्यावसायिक निष्ठामा केन्द्रित हुनुहुन्थ्यो ।

उहाँले  सधैँ राष्ट्र, समाज र प्रहरी बिभागको हितका लागि अग्रसर भई काम गर्नु भएको थियो । स्वर्गीय सिंहको शुक्रवार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।