रौतहटमा सरकारवादी मुध्दा मिलापत्र

0
Shares

न्युज अफ नेपाल,रौतहट ।

सरकारी वकिल र प्रहरीको मिलोमतोमा सरकारबादी मुध्दा मिलापत्र गराएको तथ्य सार्बजनिक भएको छ । ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धि कसुर गरेको अपराधमा अनुसन्धान भएको मुध्दा लाई मिलापत्र गराएर सरकारी वकिलको कार्यालयले रिहा गरेको खुल्न आएको छ ।

रौतहट माधवनारायण नगरपालिका वडा नं ५ की सुनरपतिया देवीले सोही ठाउँ बस्ने राजिनन्द साह र चन्द्रपुर नगरपालिका वडा नं ५ बस्ने राकेश कुमारको विरुद्धमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको जाहेरीमा अनुसन्धान भएको मुध्दामा मिलापत्र गरेको खुलेको हो ।

मोटो रकम लिएर मिलापत्र गराएको हुन सक्ने अनुमान गरिएको छ । उनको जाहेरीको आधारमा प्रहरीले दुबैजना विरुद्ध रौतहट जिल्ला अदालतबाट पक्राउ अनुमति लिई दुबैजनालाई गएको भदौ १६ गतेनै गिरफतार गरि रौतहट जिल्ला अदालतबाट म्याद थप समेत गराएको थियो ।

आरोपित मध्येका राजिनन्द साह भने जाहेरवाला सुनरपतिया देवी सन्चालक रहेको होटल फास्ट ट्रयाक प्रा.लि. चन्द्रपुरद्वारा सन्चालित गौतम होटल चन्द्रनिगाहपुरका कार्यकारी अधिकृत रहेका थिए ।

साह कार्यकारी अधिकृत रहेको अवस्थामा राकेश कुमारको नाममा दर्ता कायम रहेको चन्द्रनिगाहपुर गाविस वडा नं ५ कि.नं २१७१ को जग्गा बिगाहा ०–३–२ ३÷४ र ऐ.ऐ. कित्ता नम्बर ५९८ को जग्गा बिगाहा ५९८ को जग्गा बिगाहा ०–३–० जग्गा र घर समेत होटल फस्ट ट्रयाक प्रा.लि.ले १६ करोड ४० लाखमा खरिद गर्न मिति २०७५ पुस १६ गतेका दिन पचास लाख रुपैंया बैना राकेश कुमारले लिई गत फागुन २९ गते १४ करोड रुपैंयाको थैली राखि मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट होटल फास्ट ट्रयाकले रजिष्टे«शन पारित गराई आफनो नाममा दर्ता गराएको थियो ।

आरोपित मध्येका राजिनन्द साह होटलको कार्यकारी अधिकृत रहि उनले नै होटलको सबै कारोवार सन्चालन गर्दै आईरहेकोमा आफुलाई लाभ लिने र कम्पनिलाई नोक्सानी पु¥याउने उद्देश्यले राकेश कुमारलाई कम्पनिको नाममा एनसिसि बैक सिमराको खाताबाट रकम नभएको दुई करोड त्रियानब्बे लाख सत्तरी हजारको चेक काटी उपलब्ध गराएको आरोपमा रौतहट जिल्ला अदालतमा चेक अनादार मुद्दा दिएपछि कम्पनीका सन्चालक सुनरपतिया देवीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ठगि सम्बन्धि कसुरमा जाहेरी दिनु भएको थियो ।

सुनरपतिया देवीले दिएको ठगी मुद्दाको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले राजिनन्द साह र राकेश कुमारलाई पक्राउ गरि अदालतबाट दुई पटक म्याद थप समेत गराई अनुसन्धान भईरहेको अवस्थामा जिल्ला सरकारी वकिल कार्यालय रौतहटले मिलापत्र गराई छाडेको हो ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले मिलापत्र गराउन पाईने कानुनी आधार बमोजिम गराइएको बताउनु भयो । प्रहरी र सरकारी वकिलको कार्यालयको मिलोमतो बाट मुद्दा नचल्ने निर्णय गरि उक्त मुध्दा तामेलीमा राखेको रहस्य खुलेको छ ।

मुलुकी फौजदारी कसुर (सजाँय निर्धारण तथा कार्यान्वयन) २०७४ को परिच्छेद–१२ को दफा ११७ मा ठगी सम्बन्धि मुद्दामा प्रतिवादी र पीडित दुवै पक्षले मिलापत्र गराई पाउँ भनि नेपाल सरकार समक्ष निवेदन दिएमा त्यस्तो व्यहोरा मनासिव लागेमा नेपाल सरकारले सरकारी वकिल मार्फत मिलापत्र गराउन आदेश दिन सक्ने व्यवस्था भएकोमा जिल्ला सरकारी वकिलले जाहेरवाला सुनरपतिया देवीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको निवेदनको आधारमा नेपाल सरकारको अनुमति नलिई मुद्दा नचल्ने निर्णय गरेको बताइएको छ ।