खोलेमा परेर बालकको मृत्यु

0
Shares

इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो ।

बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।

इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
रासस