गोरुको मासु र पटाका बरामद

0
Shares

भद्रपुर, (नेस)।

झापामा सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भद्रपुर न.पा.–३ स्थित किचकबध नाकाबाट बोर्डर आउट पोष्ट पृथ्वीनगरले उक्त परिमाणको गोरुको मासु बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ।भद्रपुरमा वुधबार साप्ताहिक बजार भएकोले होटलको लागि सो मासु ल्याएको प्रहरीको आशंका छ। सो नाकाबाट पटक पटक गोरुको मासु भित्रिने गरेको बताइएको छ।

बरामद गरिएको मासुलाइ नेपाल प्रहरी, स्थानीयवासी तथा पशु क्वारेनटाईनको रोहवरमा नष्ट गरिएको डिएसपी ओजेस ओलीले जानकारी दिनुभयो। त्यसैगरी गणको मातहातमा रहेको सशस्त्र प्रहरी बिओपी टाघनडुब्बाले ७० हजार मूल्य बराबरको पटकासहित दुईवटा मोटरसाइकल बरामद गरेको छ।