राष्ट्रसंघीय दिवस मनाइयो

0
Shares

काठमाडौं, (नेस)।नेपालमा विविध कार्यक्रमका साथ बिहीबार संयुक्त राष्ट्रसंघीय दिवस (यूएनडे) मनाइएको छ।दिवसको अवसरमा राष्ट्रसंघ मातहतका विभिन्न नियोगले वातावरण संरक्षणलाई जोड दिएका छन्।

नेपालमा रहेका नियोगले काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको प्रदर्शनीमार्फत वातावरण संरक्षण, मानवअधिकार, बालअधिकारलगायतका क्षेत्रमा हातेमालो गर्न आग्रह गरे। प्रदर्शनीमा राष्ट्रसंघका विभिन्न निकायमार्फत नेपालमा भइरहेका गतिविधिबारेका प्रचार सामग्री प्रस्तुत गरिएको थियो।