बस्दै नबसी कांग्रेस बैठक स्थगित

0
Shares

काठमाडौं, (नेस)।

उपनिर्वाचनको विषयमा छलफल गर्न हिजो बिहीबार बोलाइएको कांग्रेस बैठक बस्दै नबसी स्थगित भएको छ।बैठकमा सहभागी हुन सभापति तथा अन्य पदाधिकारीका साथै केन्द्रीय सदस्यसमेत पार्टी केन्द्रीय कार्यालय सानेपा पुगे पनि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको थियो।

केन्द्रीय सदस्य कमला पन्तका अनुसार उपचुनावका लागि उम्मेदवार छनोटको विषयमा छलफल हुने एजेन्डा थियो। उपनिर्वाचन हुने जिल्लाबाट सम्भावित उम्मेदवारको नाम नआइपुगेकाले बैठक स्थगित गर्नुपरेको उहाँले बताउनुभयो।

चुनावमा उम्मेदवार छनोट गर्ने मुख्य जिम्मेवारी संसदीय समितिको हो। कांग्रेसको संसदीय समिति नभएपछि केन्द्रीय समितिले उम्मेदवार छनोटका लागि वैकल्पिक व्यवस्था गर्ने जनाइएको छ। बैठक कात्तिक १४ गते बस्ने केन्द्रीय सदस्य पन्तले जानकारी दिनुभयो।