एसिक्समा कन्टेनरभित्र मृत फेला परेका ३९ सबै चिनियाँ


एजेन्सी । यूकेको एसिक्समा एक लरी कन्टेनर भित्र भेटिएको ३९ जनाको शव सबै चिनियाँ नागरिकको भएको जनाइएको छ । बुधबार ग्रेज के वाटरग्लेड इन्डस्ट्रियलब पार्क नजिकै ट्रकमा ३९ जनाको लास देखेपछि प्रहरीनै आश्चर्यमा परेका थिए ।

उक्त शव मध्ये ८ महिला र ३१ पुरुषको थियो । हत्याको आशंकामा प्रहरीले उत्तरी आयरल्यान्डका २५ वर्षीय कन्टेनर ड्राइभर मो रविनसनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

स्रोतले बताए अनुसार उक्त लरी बुल्गारियाबाट आएको हो ।