महाथिरको अडान कायम


क्लालाम्पुर, (एजेन्सी)।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले काश्मिर मामिलामा आफनो अडान कायम रहेको बताएका छन्। गत सेप्टेम्बर २४ मा संयुक्त राष्ट महासभामा महाथिरले भारतले काश्मिर माथि कब्जा गरिराखेको बताएका थिए।

मलेसियाको उक्त धारणालाई लिएर भारतले कडा आपत्ती जनाएको थियो। यसले दुई देशबीच ब्यापार युद्धको स्थिति उत्पन्न गराएको छ।

मलेसियाको पाम तेलका लागि भारत ठुलो बजार हो र भारतका ब्यापारीहरुले मलेसियाको तेल बहिस्कारको कुरा उठाएका छन्। यद्यपी मलेसियाली प्रधानमन्त्रीले काश्मिरलाई लिएर आफनो निति परिवर्तन नहुने बताए।