चिलिमा सुधार कार्यक्रम घोषित

0
Shares

सान्टियागो,(एजेन्सी)।

चिलीका राष्ट्रपति सेवासियन पिनेराले थुप्रै दिन देखि जारी रहेको हिँसात्मक प्रदर्शन रोक्नकालागि बुधवार सुधार कार्यक्रमहरु घोषणा गरेका छन्।

उनले आधारभूत पेन्सन रकम २० प्रतिशतले वृद्धि गर्ने तथा जनताको महँगो स्वास्थ उपचार खर्च राज्यले नै बेहोरिदिने कानुन प्रस्तावित गरिने बताएका छन्।

मेट्रोका ेभाडा वृद्धि तथा आर्थिक कडाई नीति र असमानताको विरुद्ध हजारौं जनता सडकमा ओर्लेका थिए। सो विरोध प्रदर्शनको क्रममा कमितमा पन्ध्रै जनाको ज्यान जानुका साथै ५ हजार जना भन्दा बढिलाई गिरफतार गरिएको थियो।

राजधानी सान्टियागो स्थित राष्ट्रपतिय भवनबाट बोलने क्रममा पिनेराले आफुले चिलियन जनताबाट स्पष्ट सन्देश प्राप्त गरेको बताएका छन्। उनले आफुले पछिल्ला हिँसात्मक प्रदर्शनलाई चिलीका लागि अवसरको रूपमा परिणत गर्ने आशा लिएको बताएका छन्।

उनले नयाँ सुधार योजना अनुसार कर्मचारीहरुको न्युनतम तलव वृद्धि गर्ने तथा बिद्युत महशुल पनि घटाइने बताएका छन्।

चिलियन जनताले तलववृद्धि र जीवनस्तर उकास्ने माग राख्दै प्रदर्शन गरेका थिए। वरपरका छिमेकी राष्ट्रको तुलनामा निकै समृद्धशाली चिली आर्थिक असमानता भने व्यापकरहेको छ।