उहानमा तुलसाको कीर्तिमान

0
Shares

काठमाडौं, (नेस)।

चीनको उहानमा जारी सातौं विश्व सैनिक खेलकुद प्रतियोगितामा नेपालकी तुलसा खत्रीले महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन्।

बुधबार भएको दौडमा तुलसाले ५९.५७ सेकेन्डको समय निर्धारित गर्दै २०१० मा प्रमिला रिजालले रचित ५९.९० सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।

यस्तै ब्याडमिन्टनतर्फ नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ दोस्रो चरणमा पुगेका छन्। उहानबाट प्राप्त समाचारअनुसार रत्नजितले पुरुष सिंगल्स र डबल्स गरी दुई विधातर्फ पहिलो चरण पार गरेका हुन्। रत्नजित सिंगल्समा लक्जेमबर्गका खेलाडीलाई हराएर दोस्रो चरण पुगेका थिए।