बैतडीमा ग्यास बोकेको ट्रक दुर्घटना,चालकको मृत्यु

0
Shares

न्युज फ नेपाल,बैतडी ।

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका घर भएका धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनएको छ । ट्रकमा चालक मात्रै रहेको पाईएको छ ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको ग्यास बोकेको से १ ख १९२३ नम्बरको मिनी ट्रक बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे ट्रक दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट २०० मिटर तल खसेको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।