विप्लव समुह पक्राउ गर्न प्रहरी अप्रेसन

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्लाको विकट महाभारत गाउँपालिकामा विप्लव समुहले सिलिण्डर विस्फोट गराए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लव समुह पक्राउ गर्न अप्रेसन शुरु गरेको छ ।

एसपी जयराज सापकोटाका अनुसार मध्यरातमा विप्लव समुहका जिल्ला सेक्रेटरी सुन्तली थोकर शंखुको इट्टेबाट पक्राउ परेका छन् ।

रोशी गाउँपालिकाको सिसाखानीबाट दुई नेता पक्राउ परेका छन् ।यस अघि जिल्लाको टोलीले हेमन्तप्रकाश ओली सहितका नेताहरुलाई पक्राउ गरेको थियो ।