डीबी बुढाथोकी, काठमाडौं।
फूलैफूलको अर्थात् उज्यालो पर्व तिहार नजिकिँदै गर्दा पुष्प व्यवसायीहरूको मनमा भने खुसी/उम· छाउन सकेको छैन। कारण हो स्वदेशमै पुष्प व्यवसायको प्रचुर सम्भवना भए तापनि राज्य र सम्बन्धित पक्षहरूले विशेष चासो नदिनु।
फ्लोरी कल्चर एसोसिएसनका अध्यक्ष कुमार कसुज श्रेष्ठ सरकारले पुष्प व्यवसायलाई महत्वै नदिएको गुनासो गर्नुहुन्छ। यस क्षेत्रलाई सरकारी कर्मचारीले कमाइखाने भाँडो बनाएको आरोप लगाउँदै उहाँ भन्नुहुन्छ– ‘अनुदानको ५० प्रतिशत मात्र वास्तविक कृषककहाँ पुग्ने गरेको छ।
पुष्प व्यवसाय गर्न खोज्ने कृषकबाट प्रस्तावको नाममा विज्ञले मनलाग्दो रकम असुल्ने गर्छन्।’पुष्प नीति, २०६९ मा निजीक्षेत्रको पहुँच वृद्धि गर्ने, कृषकलाई संगठित, व्यावसायिक र क्षमतावान् बनाउने, स्थानीय आनुवंशिक उत्पादनको संरक्षण गर्ने कुरा उल्लेख भए पनि यसको कार्यान्वयनमा सरकार नै उदासीन बनेको पुष्प व्यवसायीहरू बताउँछन्।
अध्यक्ष श्रेष्ठका अनुासर नेपालमा पूँजीगत खर्चमा मात्र अनुदान पाइन्छ जबकि भारतमा आयगत खर्चमा समेत पाइन्छ। नेपाल सरकारले चालू आर्थिक वर्षमा पुष्पक्षेत्र प्रवद्र्धनका लागि ३ करोड रुपियाँ मात्र बिनियोजन गरेको छ, जुन प्रशासनिक खर्चसहितको रकम हो।
री कल्चर एसोसिएसनको संयोजकसमेत रहनुभएका ओम नर्सरी प्रालिका सञ्चालक धनप्रसाद घिमिरेको गुनासो पनि सरकारप्रति नै छ। उहाँ भन्नुहुन्छ– ‘पुष्प क्षेत्रमा कयौं समस्या भए पनि सरकार हाम्रो गुनासो सुन्दै सुन्दैन।
’ती व्यवसायीहरू स्टोरेजको व्यवस्था नहँुदा फूल नष्ट हुने जोखिमबाट हैरान भएको समस्या देखाउँदै भन्छन्– ‘दुई वर्षअघिसम्म सरकारले सेड हाउसलगायतका क्षेत्रमा अनुदान दिन्थ्यो त्यो पनि अहिले बन्द गर्यो ।’
अल ट्रपिकल प्लान्ट्स हाउस एन्ड नर्सरीका सञ्चालक राजीव कुँवर अनुदानमा मात्र नभई अन्य क्षेत्रमा समेत सकस रहेको बताउँदै भन्नुहुन्छ– ‘अनुदानका लागि केन्द्रमा जाँदा प्रदेश र प्रदेशमा जाँदा केन्द्र देखाइन्छ। यस्तो रबैया देख्दा दिक्क लाग्छ।’
मर्निङ ग्लोरी नर्सरी थानकोटका पुष्प व्यवसायी केशवराज शर्माको धारणा यस्तै छ। उहाँ थप्नुहुन्छ– ‘ब्युरोक्र्याटका मान्छेहरू यस्ता प्रोजक्ट आफ्नै लागि आएको झंै ठान्छन्।’धेरैजसो पुष्प व्यवसायीहरू नेपाल पुष्प व्यावसायको भविष्य निकै उज्ज्वल रहेकाले यसको निर्यात गर्न सकिने तर्क गर्दै भन्छन्– ‘पुष्प क्षेत्र हरितक्रान्तिको आधारशिला हुनसक्छ।
किनकि हामीकहाँ पुष्प उत्पादन हुने हावापानी छ।’ यी व्यवसायीहरूको अनुभवमा पुष्प व्यवसायबाट छोटो समयमै प्रतिफल प्राप्त गर्न सकिन्छ। सयपत्रीलगायतका कयौं पूmलहरू ३ महिनामै तयार हुन्छन्। मूल्य पनि राम्रै पाइन्छ।
पुष्प व्यवसायी शर्मा भन्नुहुन्छ– ‘३/३ हजार पर्ने एक फिट उचाइको लालिगुँरास मैले नै कोरिया पठाएको छु। डेनमार्क, कोरियालगायतका देशमा नेपाली फूलको निकै राम्रो आकर्षण छ।’दैनिक फूलको कारोबारी गर्नेहरू पनि यस व्यवसायमा समस्या रहेको स्वीकार्छन्।
काठमाडौंको दरबारमार्गस्थित रोयल डेफोलोडिस फ्लवर्सकी सञ्चालिका मिना तामाङ ‘मार्जिन’ रामै्र भए पनि चाहेको फूल पाउन नसकेको अनुभव सुनाउनुहुन्छ।न्यु फ्लोरिस्टकी सञ्चालिका गोमाङको कथन छ– ‘नेपालको फूलले नपुगेर भारतबाट ल्याउनुपर्दा महँगो हुन्छ।
त्यसरी ल्याए पनि कोल्ड स्टोरेज नहुँदा ६/७ लाख रुपियाँसम्म घाटा खानुपर्छ। हाम्रो पीडा कसलाई सुनाउने?’स्मरणीय छ, नेपालमा २००७ सालदेखि पुष्प खेती थालनी भई २०१०/११ सालतिर नर्सरी शुरुवात भएकोे पाइन्छ। २०४२/४३ मा यस खेतीको विशेष आकर्षण बढेको देखिन्छ।
संस्थागत विकासका लागि निजी क्षेत्रको पहलकदमीमा फ्लोरिकल्चर एसोसिएसनको स्थापना २०४९ कात्तिकमा भएको हो।
हालसम्म ७ सय व्यवसायी संस्थागत रुपमा यस व्यवसाय संगठित छन् भने २०७५/७६ सम्ममा ४३ जिल्लाका १ सय ५७ हेक्टर क्षेत्रफलमा संगठितरुपमा पुष्प व्यवसाय विस्तार भएको छ। २०७५/७६ मा आन्तरिक र बाह्य गरी कुल २ दशमलव ४२ अर्बको कारोबार भए पनि आयात १९ करोडको हुँदा निर्यात १ करोड मात्र भएको छ।
करिब ६ अर्ब ५० करोड रुपियाँको लगानी रहेको पुष्प क्षेत्रले प्रत्यक्ष र अप्रत्य गरी ४३ हजार ५ सय जनालाई रोजगारी दिएको छ। पुष्प क्षेत्रको प्रवद्र्धनका लागि पुष्प प्रवद्र्धन नीति, २०६९ अगाडि सारिएको छ।
विश्वमा फूलका ६५ सय प्रजातिका पुष्प पाइने गरेकोमा मखमली, गोदावरी, सयपत्री, टिउबरोज, जबेरा, वड अफप्याराडाइज, कार्नेसन, लिलि, निलोसिस, रातोसिस, पेटेनिया, तेन्जीनिया, असर्फीलगायत ७ सय प्रजातिका पुष्प त नेपालमै उत्पादन हुने गरेको छ।
प्रतिक्रिया