बालविवाह र घरेलु हिंसा अन्त्य गर्न शिल्पी नाट्य यात्रा


बासुदेव शर्मा । जाजरकोट सदरमुकाम खलंगाको गौरीखालीमा बालविवाह र घरेलु हिंसा न्युनिकरण सम्वन्धि जनचेतना मुलक सडक नाटक गरेको छ । भेरी नगरपालिका ४ गैरीखालीमा शिल्पी नाट्य यात्रा २०७६ प्रर्दशनी अन्तर्गत प्रहरी आधुनिकिकरण सुधारको एम आई पी पी शिल्पी थियटरको सहकार्यमा जाजरकोटमा बालबिबाह, घरेलु हिंसा र जुवातास अन्त्य गर्नका लागी नाटक प्रर्दशन गरेको थियो ।

काठमाण्डौबाट जाजरकोट आएका कलाकारले शिवालय गाउँपालिकाको केन्द्र सिमा र भेरी नगरपालिका १ र ४ को गैरीखाली, रिम्नाबजारमा बालबिबाह,घरेलु हिंसा जुवातास अन्त्यका लागी जनचेतना मुलक सडक नाटक प्रर्दशन गरेको थियो । सरोकारवालाहरुले जाजरकोट जिल्लामा बालबिबाह लगाएत घरेलु हिसा विद्यमान अवस्थामा भएको वताएपछि उक्त कार्य गर्ने गराउनेलाई सचेत गराउन सडक नाटक प्रर्दशन गरिएको शिल्पी नाट्य यात्राका परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले वताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बालबिबाह, घरेलु हिसा र जुवातास लगाएतका कार्यहरु विद्यमान रहेको जाजरकोटमा बालविबाह घरेलु हिसा र जुवातासमा आधारित कल्पना र उर्मिला दुःखमा परेको सडक नाटक प्रर्दशनीले साँच्चिकै जाजरकोटका ग्रामिण भेगको यथार्त चित्रण गरेको प्रहरी नायव उपरिक्षक खत्रीले वताउनु भयो ।

जाजरकोटमा सडक नाटक फरक ढंगबाट प्रस्तुत गरेकोले स्थानिय नागरिकहरुले ध्यान पुर्वक पहिला देखी अन्तिम सम्म हेरिरहेका थिए भने सडक नाटक हेरी सकेपछि कतिपय नागरिकहरुका आखाँमा आसु समेत खसेको देखिएको थियो । नाटक यथार्थपरक भएकोले बास्तविक समाजको चित्रण देखाएको नाटकका परिकल्पना तथा निर्देशक घिमिरे युवारजले बोलिरहदाँ दर्शकहरु निकै भावुक भएर अवलोकन गरिरहेका थिए ।

जाजरकोटमा बालबिबाह गर्ने किशोर किशोरीको संख्या बढ्दो भएकोले बालबिबाह गर्दा हुने बेफाईदाको झल्को दिने गरि स्थानिय स्तरमा हुने यथार्थलाई चित्रण गर्दै प्रस्तुत गरिएको सडक नाटकमा कलाकारहरुको सम्वादमा जाजरकोटका ग्रामिण भेगमा बोलिने भाषा जस्तै स्वरमा सम्वाद गरेका थिए ।

नागरिक समाजका संयोजक राजेन्द्र बिक्रम शाहले यस्ता सन्देश मुलक सडक नाटक जाजरकोटका सात वटै स्थानिय तहमा संचालन गरे प्रभाकारी हुने शाहको भनाई रहेको थियो । बालबिबाह घरेलु हिसा जुवातासले आफु र घरपरिवार समुदायमा पर्ने असरलाई ध्यान दिदै बेलैमा सचेत रहन यस्ता कार्यहरुको विरोध गरी निर्मुल गर्न प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले आग्रह गर्नु भयो ।