नेकपाको गाउँपालिकास्तरीय पार्टी कमिटीको टुंगो

0
Shares

वासुदेव शर्मा, जाजरकोट।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा जाजरकोटले सातवटै पालिकामा पार्टी कमिटीका अध्यक्ष, सचिवको नाम टुंगो लगाएको छ।

पार्टी एकीकरण भएको लामो समयसम्म स्थानीय तहमा पार्टी कमिटी तयार गर्न नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थानीय तहमा पदाधिकारी छनोट गरेको छ।नेकपाको जिल्ला कमिटीको बैठकले जाजरकोटका सबै पालिकामा अध्यक्ष र सचिव छनोट गरेको हो।

नेकपा जिल्ला कमिटीको बैठकले ४५ सदस्य सचिवालय, २२ वटा विभाग गठन गर्नुको साथै सातवटै पालिकामा पालिकास्तरीय पार्टी कमिटीका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको जिल्ला कमिटी सदस्य सुरेन्द्र चन्दले जानकारी दिनुभयो।

जिल्ला कमिटी बैठकले जाजरकोटका सबै पालिकामा पार्टीले सञ्चालन गर्ने कार्यक्रमको समय तालिकासमेत निर्धारण गरेको छ। तिहारअगाडि जिल्लाका सबै पालिकामा पार्टीले कार्यक्रम गर्ने जिल्ला कमिटी सदस्य चन्दले बताउनुभयो।

जिल्ला कमिटीको बैठकले पालिकास्तरीय अध्यक्ष सचिवको नाम टुंगो लगाएको छ भने पालिकास्तरीय इन्चार्जको सैद्धान्तिक सहमति भएको नाम राख्न बाँकी रहेको नेकपा जाजरकोटले जनाएको छ।

भेरी नगरपालिका पार्टी कमिटीमा अध्यक्ष मुकुन्द शर्मा, सचिव ललित विक रहेको छन् शर्मा पूर्वएमाले र विक पूर्वमाओवादी केन्द्रका हुन। नलगाड नगरपालिका पार्टी कमिटीको अध्यक्षमा गणेशबहादुर सिंह, सचिव जनक शाही रहेका छन्। सिंह पूर्वमाओवादी, शाही पूर्वएमालेका हुन्।

छेडागाड नगरपालिका पार्टी कमिटीमा अध्यक्ष जयराम शर्मा, सचिव प्रेमबहादुर खत्री रहेको छन्। शर्मा पूर्वएमाले र खत्री पूर्वमाओवादी केन्द्रका हुन।

बारेकोट गाउँपालिका पार्टी कमिटीमा अध्यक्ष हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेत रहेका छन। थापा पूर्वमाओवादी केन्द्र, बस्नेत पूर्वएमालेका हुन।

कुशे गाउँपालिका पार्टी कमिटीमा अध्यक्ष गम्बुबहादुर सिंह, सचिव नरबहादुर मल्ल रहेका छन्। सिंह पूर्वएमाले र मल्ल माओवादी केन्द्रका हुन्। जुनीचाँदे गाउँपालिका पार्टी कमिटीमा अध्यक्ष जयबहादुर घर्ती सचिव गणेश उपाध्याय रहेका छन्।

घर्ती पूर्वमाओवादी र उपाध्याय पूर्वएमालेका हुन। शिवालय गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा रंगनाथ योगी सचिव गोविन्द घर्ती रहेका छन्। योगी पूर्वएमाले र घर्ती माओवादी केन्द्रका हुन।

पूर्वएमाले र पूर्वमाओवादीबाट पालिकास्तरीय कमिटी निर्माण गरेको जिल्ला कमिटी सदस्य सुरेन्द्र चन्दले बताउनुभयो।पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच पार्टी एकता भएको लामो समयसम्म गाउँपालिकास्तरीय पार्टी कमिटीका अध्यक्ष, सचिवको नाम टंगो लाग्न सकेको थिएन।

जाजरकोट जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न जिल्ला कमिटीको बैठकले गाउँपालिकास्तरीय पार्टी कमिटीको अध्यक्ष सचिवको नाम टुंगो लगाएको नेकपाले स्थानीय स्तरका कार्यकर्ताको भावना नबुझी अध्यक्ष सचिव छनोट गरेको नेकपाले कार्यकर्तालाई हौसला दिनु भन्दा निराशा बनाउँदै गएको स्थानीय स्तरका नेता कार्यकर्ताले बताउने गरेका छन्।