नक्कली नोट बनाउने ३ पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने ३ जनालाई नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित पक्राउ गरेको छ। प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, सोही ठाउँका सन्तोष नेपाली र महेन्द्र्र नेपालीलाई पक्राउ गरेको छ।

नयाँबस्ती बिपुल चोकस्थित एक घरमा कोठा भाडामा लिई नक्कली नोटहरू छापिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नक्कली नेपाली नोट १ हजार दरका ३४ थान, विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठूलो १ सय ४२ थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ।

यसै गरी रंगीन फोटोकपी मेसिन १ थान, कम्प्युटर सीपीयू २ थान सोको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कंैची ४ थान, ग्लुस्टिक ७ थानसमेत बरामद गरेको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।