सीमातिर सशस्त्रको पट्रोल गस्ती

0
Shares

दार्चुला, (नेस)।दार्चुलाको उत्तरी सिमानाकातर्फ सशस्त्र प्रहरीको पट्रोल गस्ती खटिएको छ। तिहारको समयमा सिमानाकामा हुनसक्ने सम्भावित अपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाबाट असई शंकरदत्त पन्तको नेतृत्वमा टोली त्यसतर्फ खटिगएको गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिनुभयो।

जिल्ला सदरमुकाम खलंगाबाट आज बिहान हिँडेको सशस्त्र प्रहरीको पट्रोल गस्ती दुहुँ गाउँपालिकाको हिकिला पुगेको उहाँले जानकारी दिनुभयो। सशस्त्रको लंग रेन्ज पट्रोल (एलआरपी) गस्तीले तिहारको समयमा सिमानाकाबाट नेपाल भित्रिने अवैध माल समान तथा अवैध ओसार पसारलाई नियन्त्रण गर्ने जनाइएको छ।

सिमाका नागरिकको शान्ति सुरक्षाको अवस्थाका साथै उनीहरुले भोग्नुपरेको समस्याबारे समेत सशस्त्र प्रहरीले अनुगमन अध्ययन गर्ने गुल्मपति विष्टले बताउनुभयो। पट्रोल गस्ती व्यास गाउँपालिकासम्म पुगेर खलंगा फर्किने उहाँले बताउनुभयो।

यसअघि गुल्मबाट असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म जिल्लाको लेकम गाउँपालिकाको लाली सिमानाकासम्म सई नारायणबहादुर कार्कीको नेतृत्वमा पट्रोल गस्ती गरिएको गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिनुभयो।