नरेन्द्र केसी, दाङ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धार्मिक राजनीतिको भण्डाफोर गर्ने रणनीति अघि सारेको खुलेको छ।दाङमा पक्राउ परेका नेताहरूबाट बरामद राजनीतिक दस्तावेज र परिपत्रमा सो रणनीतिक भेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
सो पार्टीको असोजमा सम्पन्न आठौं केन्द्रीय समिति बैठकले पारित गरेका निर्णय र दस्तावेज प्रहरीले बरामद गरेको थियो।महासचिव विप्लवले प्रस्तुत गरी पारित भएको ‘आफैलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौैं, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं’ शीर्षकको राजनीतिक प्रतिवेदनमा यस्तो रणनीति उल्लेख छ।
आर्थिक अभियानको अवधि एक महिना थप गरी मंसिर ससान्तसम्म सञ्चालन गर्ने, ‘जनअदालत’लाई जिल्लासम्म विस्तार गर्ने निर्णय भएको उक्त दस्तावेजबाट खुलेको छ।जनअदालतलाई उसले न्याय विभाग भन्ने गरेको छ। न्याय सम्पादन गर्दा पार्टीको नीति र विधिसम्मत गर्न पनि विप्लवले लिखित निर्देशन दिएको बुझिएको छ।
मंसिर ८ अगाडि पार्टीको मुखपत्र ‘जनक्रान्ति’, फागुनमा ‘जनसेना’, माओ दिवसमा ‘दृष्टिकोण’, फागुनमा ‘जनसत्ता’ र ‘सचित्र जनसेना’ प्रकाशन गर्ने निर्णय भएको उल्लेख छ। यस्तै दशैंपछि सामना सांस्कृतिक कार्यक्रम गर्ने, मंसिर ८ गते युट्युबबाट विप्लवको अन्तर्वार्ता प्रकाशन गर्ने र फागुन १ गते जनयुद्ध दिवस मनाउने जनाइएको छ।
जेल र हिरासतमा आफ्ना नेता/कार्यकर्तामाथि दुव्र्यवहार गर्ने जेल र नाइकेमाथि समेत कारबाही गर्ने चेतावनी दिइएको छ। सो पार्टीले सामाजिक आन्दोनलमा जोड दिँदै लागूपदार्थ व्यवसायी, देह व्यापारी, धार्मिक व्यापारी, मिटर ब्याज लगाउने र गुण्डागर्दी गर्नेमाथि कारबाही गर्न मातहातका कमिटीलाई निर्देशन दिएको छ।
- हिन्द प्रशान्त रणनीति र धार्मिक राजनीतिको भण्डाफोर गर्ने
प्रतिक्रिया