जम्मु कास्मिर आक्रमणमा दुई नेपालीको मृत्यु


काठमाडौँ । आइतबार जम्मु कास्मिरमा भएको आक्रमणमा परी एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठ रहेको स्रोतले जनाएको छ । राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पाका थिए भने अर्का जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी थिए ।

आक्रमणमा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन्। यस्तै आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ ।