एक लाख ५६ हजार नगदसहित २८ जुवाडे पक्राउ


धनगढी । प्रहरीले कैलालीको गोदावरी नगरपालिका ७ लालपुरबट जुवातस खेलिरहेका २८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई लालपुरस्थित वीरबहादुर ओलीको होटलबाट आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक लाख ५६ हजार तीन सय ८१ नगदसहित उनीहरु पक्राउ परेका थिए ।