दुई दिनमा २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

0
Shares

भगवती तिमल्सिना, काठमाडौ ।

शनिबार र आइतबार देशभरका ७ सय ५३ वटै पालिकामा ५२ हजार बुथबाट बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र स्वास्थ्य सुधार ल्याउनका लागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाईयो ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि देशभरका २७ लाख बालबालिकालाई खुवाईएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख झलक शर्मा गौतम बताउँनुहुन्छ ।

कार्यक्रममा एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइएको बाल स्वास्थ्यले जनाएको छ ।

यी कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था गरिएको पनि जनाएकोछ ।

भिटामिन ए कार्यक्रम नेपालमा सन् १९९३ देखि शुरु भएको र यसको प्रभाव सकार रहेको बाल स्वास्थ्यले जनाएको छ । विगतमा जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले संचालन गर्दै आएको यो कार्यक्रम पहिलोपटक स्थानीय तहले संचालन गर्ने जिम्मेवारी पाएको हो । भिटामिन ‘ए’े बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोग प्रति लड्ने क्षमतामा कमि नआओस भन्ने उदेश्यले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको बिकासको लागि खुवाईन्छ ।