निःशुल्क औषधि सशुल्क बिक्री गर्ने मेडिकलमा शिलबन्दी

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

निःशुल्क बितरण गरिने औषधि सशुल्क बिक्री गरेको पाइएपछि हेटौंडा–२ मा लामो समयदेखि सञ्चालित शाह मेडिकल हलमा आइतबार शिलबन्दी गरिएको छ । प्रशासनको नेतत्वमा भएको आकस्मिक अनुगमनका क्रममा उक्त मेडिकलमा शिल गरिएको हो ।

जिल्ला प्रशसान कार्यालयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय एकाईं प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो ।

मेडिकलले शक्तिजल नामक औषधिमा ‘नेपाल सरकारबाट निःशुल्क बितरण गरिने’ भनी लेखिएकोलाई मार्करले केरेर प्रतिप्याकेट १० रुपियाँका दरले बेचेको पाइएको हो । अनुगमनका क्रममा निःशुल्क बितरण गरिने अन्य ४ प्रकारका औषधि पनि बरामद गरिएको अनुगमन टोलीमा रहेका उपभोक्ता मञ्च मकवानपुुुर अध्यक्ष कुमार पौडेलले बताउनुभयो । मेडिकलमा नेपाल सरकारले निःशुल्क बितरणका लागि पठाएको डाइजिन र आइड्रपलगायत औषधि पाइएको छ ।

मेडिकल सञ्चालक अशोक शाहले आफू सरकारले बितरण गरेको औषधिको डिलर भएको बताउनुभएको छ । सरकारले निःशुल्क बितरण गर्न दिएको औषधि सशुल्क बेच्न नपाइने व्यबस्था छ ।

मेडिकलले अनुमतिबिना बिरामी भर्ना गरेर उपचार गरेको पाइएको छ । औषधिमात्र बेच्ने अनुमति लिएको मेडिकलले अनुमतिबिना क्लिनिकसमेत सञ्चालन गर्दै आएको पाइएको हो । अनुगमन टोली पुग्दा ६ जना बिरामी त्यहाँ भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो ।