मष्तिष्कघात व्यवस्थापनका लागि नेपाल मेडिसिटीद्वारा बृहद् छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसंग धुलिखेलमा बृहद् छलफल गरेको छ ।

नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको ‘एक्युट स्ट्रोक केयर‘ विषयक अन्तत्र्रिmया कार्यक्रममा छलफल गरेको हो ।
मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने भएकोले यस प्रकारको छलफल एवं अन्तरकृया आवश्यक भएको नेपाल मेडिसिटीको न्यूरोसाइन्स विभागका प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. गोपाल रमण शर्माले बताउनु भयो ।

कार्यक्रमका बक्ता एवं सहभागीहरुले उक्त कार्यक्रममा सहभागी हुुदा नेपाल मेडिकल काउन्सिलले क्रमश १दशमल्भ ८ र १ दशमल्भ ६ के्रडिट आवर प्राप्त गर्ने भएका छन् ।

आकस्मिक उपचार आवश्यक पर्ने मस्तिष्कघात (स्ट्रोक) देखा परेपछि कति समयभित्र अस्पताल पुु¥याउने, कहाँ पुु¥याउने र के–कस्ता विषयमा ध्यान दिने लगायतका विषयलाई जनमानस सम्म पुु¥याउन आवश्यक रहेको नेपाल मेडिसिटी अस्पतालका प्रमुुख न्युरोलोजिष्ट डा.बाबुराम पोखरेलले बताउनुु भएको छ । कोर्सका निर्देशक समेत रहनुुभएका डा.पोखरेलले तीव्र किसिमको स्ट्रोकको व्यवस्थापनको विषयमा जानकारी गराउनुुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. सञ्जय कार्की, रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, आइसियु प्रमुुख डा. दिप्तेश अर्याल, न्यूरो रजिस्ट्रार डा. प्रभाव उपाध्याय, भिजिटिङ न्यूूरो सर्जन डा.मनोज बोहोराले आफ्नो विषयलाई प्रस्तुत गर्नभएको थियो ।

काठमाण्डौ विश्वविद्यालयका मेडिकल साइन्स विद्यालयका डिन प्रा.डा.राजेन्द्र कोजु प्रमुुख अतिथिको रुपमा रहनुुभएको कार्यक्रम नेपाल मेडिसिटी अस्पतालका न्यूरो साईन्सेजका प्रमुख एवं वरिष्ठ न्यूूरोसर्जन डा. गोपाल रमण शर्माको मुख्य संरक्षक रहनुुभएको थियो भने कार्यक्रममा न्यूरो चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।