चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरुप्रति डा.केसीको गम्भीर ध्यानाकर्षण

0
Shares

भगवती तिमल्सिना, काठमाडौ ।

चकित्सा शिक्षा आयोगले पूर्णता नै नपाउँदै नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय राजनैतिक वफादारिता भएको चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व प्रा.डा. गोविन्द केसीले उल्लेख गर्नुभएको छ ।

उहाँले आयोगले नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय गर्न छाडेर सिटीइभीटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको आईतवार जारी गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । उहाँले चिकित्सा शिक्षामा सबैभन्दा भद्रगोल अवस्थामा रहेको नसिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक वफादारी छर्लंग पार्छ डा.केसी भन्नुहुन्छ ।

डा.केसी भन्नुहुन्छ—आयोगले हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत् अध्ययन नै नगरी थप कलेजलाई सम्बन्धन नदिन आयोगको ध्यानाकर्षण गराउँछौं । साथै एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि हाम्रो गम्भीर आपत्ति छ ।

आयोग बनिसकेको अवस्थामा शुल्क निर्धारणका वैज्ञानिक पक्षहरुबारे अध्ययन नगरी शुल्क बढाइनु हुँदैन । आयोगले निर्णय गर्दा व्यवसायीहरुको मात्रै हित नहेरी विद्यार्थी तथा अभिभावकहरुको हितलाई प्राथमिकता दिनुपर्छ । त्यसैले आगामी शैक्षिक सत्रमा पछिल्लो वर्षको भन्दा नबढाइकन शुल्क कायम गर्न माग गर्दर्छौं ।

यसका साथै हामीले छ बुँदे मागसहित सरकारलाई अल्टिमेटम दिएकोमा मागहरु पूरा नभए यही कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने कुरा पुनः स्मरण गराउन चाहन्छौं ।