प्रहरीद्वारा साढे ४ लाख बराबरको अवैध समान बरामद


सुभेन्द्र दास, लहान । सिरहा प्रहरीले भन्सार छली गरी ल्याएको ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको अबैध समान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सिलौरवापछवारीको छुटाछुट्टै खटिएको प्रहरी टोलीले भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवैध समानहसमानहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्तिटोलीले लहान नगरपालिका वडा नं। ३ ठाडी चौकी स्थित किराना सामान, लत्ताकपडा, सुर्ती, पटाका ९७ हजार ६ सय ५० रुपैया र प्रहरी चौकी सिलौरवापछवारीबाट खटिएको गस्तिटोलीले सुखिपुर नगरपालिका वडा नं। ४ कबिलासि स्थित स।१ह। ३४६२ नम्बरको सिटी रिक्सालाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउदै गरेको सुर्ती १३५ के।जी। करिब ४७ हजार को र सिटी रिक्सा ३ हजार को गरी ३ लाख ४७ हजार गरी कुल ४ लाख ४४ हजार ६ सय ५० रुपैया बराबरको सामान तथा सिटी रिक्सा निन्त्रणमा लिई भन्सार कार्यालय ठाडीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।