सिरहामा ८८ बोतल लागूऔषधसहित दुई पक्राउ


सुभेन्द्र दास, लहान ।

सिरहा सीमावर्ती गाउँ कचनारीबाट प्रहरीले दुई जनालाई ८८ बोतल डिलक्स सिरप लागुऔषधसहित पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका १ का श्यामसुन्दर यादव रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चुतर्वेदीले जानकारी गराए। चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरिएको एसपी चुतर्वेदीले जानकारी दिए।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।