नेता-कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्ने विप्लवको चेतावनी (विज्ञप्तिसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)ले आफ्ना दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउविरुद्द कडा प्रतिरोध गर्ने जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै श्रमिक जनताको अधिकार, देशको स्वधिनता, भ्रष्टाचार, हङ्गी, तस्करी, करछलिकोविरुद्ध लडिरहेका नेता तथा कार्यकर्तामाथी गरिएको दमन प्रति कडा प्रतिरोध गर्ने बताएको छ ।

सरकार असफल भएपछि जनवादी शक्तीबिरुद्द निरङ्कुस, सर्बसत्तावादी र फासिवादी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । यस्तै विज्ञप्तिमा लेखिएको छ ‘हाम्रो समाजबादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन, जसले रोक्न खोज्छ अन्तिममा उ नै खरानी हुनेछ ।”

विज्ञप्ति :