अवैध सम्बन्धले लियो आमाछोरीको ज्यान, प्रेमी पक्राउ


राजविराज । आमाछोरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साह रहेका छन् ।

त्रियुगा नगरपालिका–९, चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचनाकुमारीको असोज २४ गते हत्या भएको थियो । आमाछोरी हत्या पक्ररणमा पक्राउ परेका साह शारदाकुमारीका पे्रमी रहेको खुलेको छ । साहलाई जिल्ला प्रहरी कार्यालय उपयपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शारदसँगा प्रेम सम्बन्धमा रहेको साहले स्वीकारेका छन् । शारदाले विवाह प्रस्ताव अस्वीकार गरी केही समय यता आफूलाई वास्ता नगरेपछि हत्या गरेको साहले बयान दिएका छन् ।

पहिला सलले घाँटी कसेर त्यसपछि धारिलो हतियारले रेटी हत्या गरेको उनको भनाइ छ । विवाह प्रस्ताव अस्वीकार भएपछि साहले हत्या योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले साहको कोठाबाट सारदाका सुनका गहना समेत बरामद गरेको छ।