समायोजनको गुनासो दर्ता नहुने


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनसम्बन्धी त्रुटि भएका, वैध र ल्याब असिष्टेन्टबाहेक अन्यका गुनासो कात्तिक १ गतेदेखि दर्ता नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता तथा गुनासो व्यवस्थापन एवम सहजीकरण समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहलाई समायोजनका सम्बन्धमा गुनासो दर्ता गर्न असोज १७ गतेसम्म मात्र समय दिइएकामा हाल निरन्तर गुनासो दर्ता हुन आएको र शुक्रबारदेखि गुनासो दर्ता नहुने जानकारी दिनुभयो ।

मन्त्रालयले असोज ९ गते सूचना जारी गर्दै समायोजनसम्बन्धी गुनासो असोज १७ गतेसम्म मात्र दर्ता हुने समय सीमा निर्धारण गरेको थियो । रासस