वीरगन्जलाई बालमैत्री बनाउन बालबालिका उद्दार अभियान सुरु


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियानमा नगर प्रमुख बिजय कुमार सरावगी आफै होमिनु भएको छ ।

बाल श्रम अपराध हो भन्ने महानगरपालिकाले पटक पटक सूचित गरेपनि केही होटल,रेष्टुरेन्ट तथा नास्ताहोटलका संचालकहरुले अटेरी गरेर बालकहरुलाई श्रम गराएको सूचनाको आधारमा बिहिबारदेखि नगर प्रमुख सरावगीलो बालबालिकारुलाई उद्दार गर्ने अभिायन आफनै नेतृत्वमा सुरु गर्नुभएको छ ।

वीरगन्जको माइस्थान, मिना बाजर र होटल क्राउन प्लाजा रोजको नास्ता होटलहरुमा नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिकाले गरेका अनुगमनमा ४ जना बालबालिहरुलाई श्रमशोसनबाट उधार गरेको छ ।नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिका बालमैत्री फोकलपर्सन मुकेश गुप्ता,बाल हेल्प लाइनका प्रमुख मुकेश साह,जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ट नगरिक सेवाा केन्दकी प्रतिनिधि तनुजा श्रेष्ठ र अनिता राउत,बाल हेल्पका शम्भु साह र श्याम चौधरी लगायकको टोलीले अनुगमन गर्दा बालिबालिहरुको श्रमशोसन गरिएको पाएपछि उधार गरिएको जनाइएको छ  ।

वीरगन्जको माइस्थान र मिनाबजारमा रहेको विभिन्न नास्ता पसलहरुमा बालिबालिहरुलाइ भाडा बर्तन मसाउने,होटल सफा गराउने जस्ता बालश्रम शोसनको कार्य गर्नेगराउने पाएपछि बाल बालिकाहरुलाई नियन्त्रणमा लिएर उधार गरिएको हो ।एक चाटीको लागी होटल व्यवसायीहरुलाई चेतावनी दिदै पुन यस्तो कार्य गर्ने गराउने गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाहि गरिने चेतावनी दिदै उधार गरिएको बालबालिहरुलाई अभिभावहरुको जिम्मा लगाउने गरि बाल हेल्पलाइन जिम्मा लगाएको महानगरपालिकाले जनाएको छ ।